नियम १४
श्रम इजाजत वा श्रम स्वीकृति खारेज गर्न सक्ने
ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिएको श्रम इजाजत वा श्रम स्वीकृति विभागले देहायको अवस्थामा खारेज गर्न सक्नेछः-
(क) श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्तिलार्इ नेपाल सरकार, गृह मन्त्रालयबाट प्रदान गरिएको कार्य सहमति रद्द भएमा,
(ख) श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्तिले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, राजस्व, दस्तुर वा कुनै बाँकी बक्यौता तोकिएको अवधिभित्र नबुझाएमा,
(ग) श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्ति प्रचलित कानून बमोजिम फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा,
(घ) श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्तिलार्इ नेपालमा काम गर्न दिन राष्ट्रिय सुरक्षाको दृष्टिले उपयुक्त नदेखिएमा,
(ङ) प्रचलित कानून बमोजिम विदेशी नागरिकले वहन गर्नुपर्ने जिम्मेवारी पूरा नगरेमा, पालना गर्नु पर्ने आचरण प्रतिकूल काम गरेको पाइएमा वा सार्वजनिक सदाचार र नैतिकता प्रतिकूल हुने कुनै काम गरेमा।